पूर्वबाट उत्तरतर्फ गएको मौसमी प्रणाली बाहिरिएकाले खतरामुक्त: मौसमविद्


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली हाल मध्य हुँदै उत्तरतर्फबाट बाहिरिएकाले  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार ‘पूर्वबाट उत्तरतर्फ गएको मौसमी प्रणाली त्यहाँबाट पनि बाहिरिएकाले अब सबैतिर खतरामुक्त रहेको छ ।

यद्यपि ती क्षेत्रमा बदली हुने सम्भावना भने रहेको महाशाखाको भनाइ छ । विहीबार राति धनगढी क्षेत्रबाट प्रवेश गरेको सो मौसमी प्रणालीले जनधनको क्षति गराएको थियो । सो मौसमी प्रणाली पूर्व तर्फ लागेकोमा मध्य क्षेत्र काठमाडौंमा पनि आज विहान हुरी बतास चलेको थियो । त्यस लगत्तै उत्तरतर्फ सो प्रणाली लागेकोमा केहीबेर अघि उत्तरबाट पनि बाहिरिएको मौसमविद्को भनाइ छ ।

महाशाखाले आज दिउँसो देशका पूर्वी भूभागमा सामान्य वदली रहने र मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य वदली रही पश्चिमी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । देशका उच्च हिमाली भेगका केही स्थनमा हल्का हिमपातको संभावना रहेको जनाइएको छ ।

त्यस्तै, आज राति देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भूभागका केही स्थानहरूमा आंशिक वदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान तथा पश्चिमी भूभागका थोेरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com