आउने भयो रेल,जयनगर–जनकपुर रेल सञ्चालनको काम तिब्र


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

कुनै बेला जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुंदा व्यापारिक केन्द्रको रुपमा स्थापित शहर थियो जनकपुरधाम । करिव एक दशक अगाडी मानिसहरुले रेल सेवालाई समान आयात र्नियात देखि भारत जाँने मुख्य साधनको रुपमा प्रयोग गर्ने गथ्र्यो । त्यती बेला व्यापारिक केन्द्रनै बनेको थियो जनकपुरधाम र व्यपारिक केन्द्र बनाएको थियो, त्यही रेल सेवाले । तर, रेलसेवा बन्द भएपछि यो क्षेत्रमा ब्यवसाय संचालन गरेका ब्यवसायीमा बिस्तारै नकारात्मक प्रभाव पर्न थाल्यो । अब फेरि रेल संचालन हुने अवस्था आएपछि जनकपुरका व्यवसायी उत्साही भएका छन् ।

व्यावसाय चौपट भएपछि कर्जाको दबाब सहन नसकेर केही व्यपारी विस्थापित भएका छन् भने केही भारत पलायन भएका छन् । जनकपुरमा एशियाली विकास बैंकबाट नगरको सडक क्षेत्र विस्तारले पनि यहा“को व्यापरीलाई मर्कामा पु¥यायो । निर्माणमा ढिलाई र सडक निर्माणले अधिकांश घर भत्काएपछि कोठा नपाउनु, घरबेटीले भाडा बढाउनु जस्ता समस्या व्यपारीलाई खेप्नु परेको छ । तर, वव्यपारिक केन्द्रको विकास जहा“ सुकै र जहिले सुकै पनि सम्भव हुन्छ ।

भारतको जयनगर हुदै नेपालको जनकपुर सम्म चल्ने रेलसेवाले अब आम नागरिक र व्यपारीलाई केही राहत दिने विश्वास छ । रेल सञ्चालनको काम तिब्र रुपमा भईरहेकाले जनकपुरका आम सर्वसधारणदेखि व्यापारीहरुमा आर्थिक समृद्धिको सपना पलाउन थालेको छ ।

जनकपुरका व्यवसायीहरुको भनाईमा रेलसेवा शुरु भएपछि भारतको विभिन्न ठाउबाट मालसमान ल्याउनमा त सहज हुन्छ नै, साथै वर्षौदेखि ठप्प भएको व्यापार पनि फस्टाउछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘जनकपुर जयनगर रेल सञ्चालनले जनकपुरको बजार सस्तो हुनुको साथै व्यपारीहरु आर्थिक रुपले सशक्त पनि हुने बताउ“छन् स्थानीय व्यपारी । रेल सेवा सञ्चालनमा आएपछि व्यपारीहरुको व्यपार बढनुको साथै बजार क्षेत्र पनि फस्टाउने र स्वरोजगारीको अवसरहरु सिर्जना हुने उनको भनाई छ । रेलसेवा सञ्चालनमा आएपछि जनकपुरको विकास पर्यटनसंगै व्यापार फस्टाउ“छ र त्यसबाट व्यपारीहरुको अवसर सिर्जना हुने उद्योग वाणिज्य संघ प्रदेश २ अध्यक्ष शिव शंकर साहको विश्वास छ ।

जनकपुरमा धार्मिक तथा ऐतिहासिक सम्पदाहरु भएकोले भारतबाट ठूलो संख्यामा पर्यटक आउने र त्यसबाट राजश्वमा समेत योगदान पुग्ने शाहले बताए । रेल सञ्चालनले व्यपारीहरुको व्यपार फस्टाउ“छ । रेल परिक्षणको क्रममा सर्वसाधारणसंगै व्यपारीहरु पनि रमाएको देखिन्छ । जनकपुर राजधानी भएको हुनाले यहा“को व्यवसाय स्वत फस्टाउने ब्यापारी बताउ“छन् । प्रदेश २ को राजधानी नै बन्ने सम्भावना रहेको जनकपुरमा रेल सेवा सञ्चाल भएपछि पर्यटकको घुईचो लाग्ने भन्दै पर्यटनले यहाको व्यवसायमा ठुलो टेवा पुग्ने बताउ“छन् ब्यवसायी शिव शंकर शाह ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहले व्यवस्थित सडक र रेल सञ्चालनमा आएपछि जनकपुरको व्यपार फस्टाउने अशा पलाएको बताउ“छन् । जयनगर–जनकपुर रेल सेवा सञ्चालन भएपछि आम नागरिक र व्यपारी लाभावान्वित पक्कै हुने छन् । जसले गर्ला रेल सेवा सञ्चालनमा आएपछि बजार सस्तो हुनु र व्यपार स्वभाविक रुपमा बढ्ने छ ।

रेल सेवा बन्द भएपछि व्यपारिहरु त मार्कामा परे नै र जनकपुरले आफ्नो एउटा इतिहास गुमाए झै महसुस समेत गरेको छ । तर फेरि एकपटक रेल आउने कुराले आम जनकपुरवासीलाई निकै उत्साहित पनि बनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com