लगनखेलबाट यसरी जावलाखेल ल्याइयो रातो मछिन्द्रनाथको रथ (फोटो फिचर)
प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार
– दिपेन्द्र ढुंगाना
वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा बिहिबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ। यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो। लगनखेलबाट रथ तानेर जावलाखेल ल्याउँदाका केही दृश्यहरु खसोखासका लागि दिपेन्द्र ढुंगानाले कैद गरेका छन् ।










