विष्फोट प्रकरणः विप्लवले निकाले यस्तो विज्ञप्ति


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परेर आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको स्वीकारेको छ । सोमबार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी सो घटनामा ४ जनाको निधन भएको बताएका हुन् ।

विज्ञप्तिमा  विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जवसका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको निधन भएको जनाइएको छ । महासचिव विप्लवले यो घटना हुनुमा मुख्य दोषी केपी सरकार र उसको फाँसीवादी दमन मुख्य कारण रहेको स्पष्ट पारेका छन् ।  विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ ।

विज्ञप्तिमा राज्य आतंक, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध भएर संघर्षमा अघि बढ्न विशेष आह्वान समेत गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com