विप्लवसँग सेना छन् : गृहमन्त्री थापा


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग ५ सय भन्दा बढी सेना भएको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सोमबार उनले विप्लव समूहसँग चार कम्पनी सेना रहेको खुलासा गरेका हुन् । एक कम्पनीबराबर एक सयदेखि १ सय ५० (सामान्यत १ सय २५) सेना हुन्छन् ।

‘जनसेनाका रूपमा उनीहरूले चार कम्पनी निर्माण निर्माण गरिसकेका छन् । त्यसैगरी जनसरकारका रूपमा जनपरिषद् संस्था पनि गठन गरेका छन्,’ उनको भनाई थियो ।

गृहमन्त्री थापाले नेकपा गठन गरेर विप्लव समूहले संविधान र राज्य व्यवस्थाविरूद्ध गैरकानुनी र शान्ति विरोधी गतिविधि गर्दैं आएको समेत बताए । तर पनि सरकारले उनीहरुसँग वार्ता अगाडि बढाएको उनले जानकारी दिए ।

‘विप्लव समूहका गैरकानुनी गतिविधि नियन्त्रण गर्ने र वार्ता तथा संवादद्वारा मूल प्रवाहमा ल्याउने दुवै प्रक्रिया अघि बढेका छन् । यो समूहलाई मूलधारमा ल्याउन र उनीहरूका अराजक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिबद्ध छ,’ उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com