स्व.राजा वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुट, लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको


प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार

तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ ।

हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ ।

हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेशस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ कित्ताको ५९ रोपनी १ आना ३ पैसा , सतुंगलको १ कित्ताको १ रोपनी ६ आना ३ पैसा व्यक्तिको नाममा गइसकेको छ ।

बालाजुको २७ कित्ताको १० रोपनी ६ आना १ पैसा र सामाखुसीको ९ आना जग्गा ६ वर्षअघि नै व्यक्तिको नाममा गएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com