६० वर्षदेखि कर नै नतिरी ब्रिटिस काउन्सिल सञ्चालन


प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार

६० वर्षदेखि नेपालमा सञ्चालित ब्रिटिस काउन्सिल दुई महिनाअघि मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ। गत १७ चैतमा ब्रिटिस काउन्सिल सर्भिसेस नेपालको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो।

सन् १९५९ देखि नेपालमा स्थापित काउन्सिलले आइइएलटिएस ९इन्टरनेसनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम० परीक्षा सञ्चालन गर्दै आएको छ  भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। तर, उसले हालसम्म पनि नेपाल सरकारलाई कुनै कर नतिरेको आन्तरिक राजस्व विभागका एक उच्च अधिकारीले जानकारी दिए।

नेपालमा वार्षिक ५० हजारभन्दा बढी विद्यार्थीले आइइएलटिएसको परीक्षा दिँदै आएका छन्। एकजना विद्यार्थीबाट उसले १६ हजार नौ सय ५० रुपैयाँ शुल्क लिने गरेको छ। यस हिसाबले काउन्सिलले वार्षिक ८२ करोड रुपैयाँभन्दा बढी संकलन गर्छ। तर, काउन्सिलले आयकर, मूल्य अभिवृद्धि करलगायत कुनै पनि कर तिरेको छैन।

ब्रिटिस काउन्सिल आन्तरिक राजस्व कार्यालय महाराजगन्जको कार्यक्षेत्रअन्तर्गत पर्छ। तर, उसले उसले अझै कर नबुझाएको आन्तरिक राजस्व विभागले जनाएको छ। ‘दर्ता भएर भ्याट ९मूल्य अभिवृद्धि कर० नम्बरसमेत लिइसकेको छ,’ विभागका एक अधिकृतले भने। ब्रिटिस काउन्सिल भारतमा सन् २००६ मा कम्पनीमा दर्ता भएको थियो। उसले त्यहाँ भने नियमित कर तिर्दै आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com