गुगल म्यापले पशुपतिमन्दिर ५२ किलोमिटरको दूरी देखाएपछि..


प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार

हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिवार हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय प्रहरी हेटौँडा आएका थिए ।

उनीहरुलाई हेटौँडा–४ स्थित गेष्टहाउसबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र त्यही आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले भारतीय प्रहरी पशुपति मन्दिरको दर्शन गर्न आएको र उनीहरुलाई भारत फर्काइएको बताउनुभयो । प्रहरी प्रमुख सिंहले भन्नुभयोे, “गुगल म्यापमा पशुपति मन्दिर सर्च गर्दा विहारबाट ५२ किलोमिटरको दूरी देखाएपछि उनीहरु हेटौँडा आएको र हेटौँडास्थित पशुपति मन्दिर दर्शनपछि उनीहरुलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइयो ।”कानूनी प्रावधानअनुसार भारतीय प्रहरी यसरी हात हतियारसहित नेपाल आउनु गैरकानूनी हो ।

त्यसो त विहारबाट हेटौँडासम्म अधिकांश स्थानमा प्रहरीको जाँच हुन्छ । उनीहरु कसरी हेटौँडासम्म हात हतियारसहित आए रु यो विषयमा चासोको विषय बनेको छ । उनीहरु सुराकी गर्न आएको पनि हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com