भारतले पानी छाड्दा डुबानः ९० परिवार नदीले घेरिए


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ ।

गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ ।

पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अवधेशकुमार झाले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com