पाँचथर सामूहिक हत्याकाण्डको थप प्रमाण भेटियो !


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

 जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा नौ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा दोषि आशंका गरिएका मानबहादुर माखिमको घर र आत्महत्या गरेको स्थानमा थप प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

मानबहादुर हत्याकाण्डमा मारिएका बमबहादुर फियाकका कान्छा ज्वाई हुन् । उनी मंगलबार रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । उनको मिक्लाजुङ–७, स्थित घर र आत्महत्या गरेको स्थलबाट थप प्रमाण बरामद गरिएको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए ।

घटनाबारे थप अनुसन्धान गर्ने क्रममा माखिमको घरबाट रगत लागेको एउटा टिसर्ट र उनले आत्महत्या गर्दा प्रयोग गरेको जस्तै डोरी भेटिएको प्रहरी प्रवक्ता पौडेलले बताए । त्यस्तै हत्याराको शंका गरिएका माखिमले आत्महत्या गरेको स्थानबाट समेत एनसेलको एउटा सिम कार्ड बरामद गरिएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com