जापानमा २ वटा तर्बुजा ५० लाख येनमा बिक्री


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

शुक्रवार होकाइदोको युबारीमा फलेको एक जोडी तर्बुजाको भाउ मौसमको पहिलो लिलामीमा ५० लाख येन पुगेको छ । साप्पोरो थोक बजारमा भएको सो लिलामीमा तर्बुजाको भाउ अहिलेसम्मकै किर्तीमानी उचाइमा पुगेको हो । गत वर्ष युबारीको पहिलो लिलामीमा ३२ लाख येनमा एक जोडी तर्बुजा बिकेको थियो ।

सुन्तला रंगमा पाइने प्रिमियम क्यातारोप जुसी हुन्छ र यसमा चिनीको मात्रा पनि अत्यधिकब हुन्छ र हरेक तर्बुजाहरु ४ हजार येन देखि १० हजार येनसम्म विक्री गरिन्छ र जापानमा यसलाई कसैलाई उपहार दिन पनि प्रयोग गरिन्छ ।

यस लिलामीमा टोकियोस्थित पोक्का साप्पोरो खाद्य तथा पेय पदार्थ लिमिटेड कम्पनीले सफलता हात पारेको थियो । जापानमा फलफुल उत्पादनको प्रमुख क्षेत्रका रुपमा परिचित युबारीमा विहिवारविहानदेखि तर्बुजा बाली निकाल्ने काम शुरु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com