सांसद लाइब्रेरीमा ४० हजार पुस्तक, कहिलै छिर्दैन पढ्नको लागि सांसद


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

सांसदलाई अध्ययनका लागि संघीय संसदले आफ्नै पुस्ताकालय व्यवस्था गरेको छ। राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसदको सिंहदरबारस्थित पुस्तकालयमा छन्।

२००८ सालदेखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन्। तर, सांसदहरु पुस्तकालय नै जाँदैनन्। संसद सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ सांसद मात्रै पुस्तकालय छिरेका छन्।

भुइँ तलामा पुस्तक असरल्ल छरिएका छन्। कतिपय कुनामा फालिएका छन्। धेरै पुस्तकमा ढुसी लागिसकेको छ। नष्ट हुने जोखिम छ।पुस्तकालय लथालिंग बनेको छ। त्यहाँ पुग्ने सांसदहरु बसेर पढ्ने ठाउँ नभएको गुनासो गर्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com