मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता नहुने अडान कायमै


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सघीय संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता नहुने अडान कायमै राख्नुभएकाे छ । बिहीबार सो विधेयकका केही प्रावधान तत्काल हटाउन माग गर्दै सत्तारुढ नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालले ज्ञापन पत्र बुझाएपछि उहाँले संचारकर्मीलाई सो विधेयक फिर्ता नहुने बताउनुभएकाे हाे।

मन्त्री बास्कोटाले प्रेसलाई संकुचित बनाउने कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नुभयाे । मन्त्री बास्कोटाले संविधानले बर्जित गरेका विषयमा लेख्ने काम गरे मात्रै दण्ड जरिवानाको व्यवस्था गर्ने गरी सो विधेयक ल्याइएको उहाँको दाबी थियो । मन्त्री बास्कोटाले संसद हरेक विधेयकको छलफल गर्ने सबैभन्दा ठूलो निकाय भएकाले त्यसमा व्यापक छलफल गरेर सो विधेयकलाई टुंगोमा पु¥याउने योजना समेत अघि सार्नुभयाे ।

प्रेस संगठन नेपालले भने सो विधेयकमा पत्रकारहरुलाई दण्ड सजाय गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो । प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले सो विधेयकको बुँदा नम्बर १८ मा रहेको ‘२५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ र ‘क्षतिपूर्ति भराउने सम्बन्धि व्यवस्था’ हटाउन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको स्पष्ट पारे । संगठनले मिडिया काउन्सिललाई सरकार नियन्त्रित नभई स्वायत्त निकायको रुपमा स्थापित गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com