कर्मनासा क्षेत्रको सात रोपनी भूमाफियाको कब्जामा


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

ललितपुरको हात्तिवनस्थित सिलौटेमा पर्ने कर्मनासा आसपासको ७ रोपनी जमिन भूमाफियाको कब्जामा परेको छ ।

जग्गा व्यवसायीले खोलाको जग्गा मिचेर प्लटिङ गरेर जग्गा बिक्री वितरण गर्न थालेसँगै खोलाको बहाबक्षेत्र साँघुरिनुका साथै खेतीयोग्य जमिन टुक्राटुक्रामा खण्डीकरण भएको छ ।

२०२२ सालको नापी–नक्सा अनुसार खोला र खोला आसपासको सार्वजनिक जग्गा करिब ७ रोपनी रहेकामा पछिल्लो २०७० को नक्सा अनुसार त्यही जग्गा मुस्किलले ६ आना पनि छैन ।

जग्गा व्यवसायीले खोला र आसपासको जग्गा मिचेपछि खोलाको क्षेत्रफल खुम्चिएको छ । भने अन्य सार्वजनिक जग्गा पनि व्यक्तिको नाममा दर्ता भएको छ । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com