भारतमा भाजपाको ऐतिहासिक जित, मोदी प्रधानमन्त्री बन्ने पक्का
प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार
भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ । मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् ।
भाजपा कार्यकर्ताले देशभर खुसी मनाइरहेका छन् । चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले यसबारे केही बोलेका छैनन् तर राहुल स्वयम भने बायनाड सिट बाट ८ लाख बढि मतले जितेका छन्।
जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ९६ सिटमा अगाडि छ भने अन्य १०६ सिटमा अगाडि छ । लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।






