प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २ करोड रुपैयाँको बढी बिल बनाएर हिनामिना गरिएको छ ।

प्रदेश भवन, मन्त्रालय र निवासको मर्मतसम्भार तथा फर्निचर खरिदमा लागतभन्दा बढी बिल बनाएर ७ करोड रुपैयाँ खर्च भएको देखाइएको हो ।

प्रदेश २ का उपसभामुख उपमा देवको संयोजकत्वमा गठित संसदीय अनुगमन विशेष समितिले ६ महिना लगाएर गरेको छानबिनपछि सबैजसो शीर्षकमा रकम बढाएर भुक्तानी लिएको निष्कर्ष निकालेको हो ।

समितिले प्रदेशका मन्त्रालय र सचिवालय सञ्चालन, पदाधिकारीको कार्यालय र आवास मर्मत तथा निर्माणमा पौने २ करोड अनियमितता भएको ठहरसहितको प्रतिवेदन प्रदेशसभाको बुधबार बसेको बैठकमा पेस गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अजित तिवारी र सन्तोष सिंहले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com