पर्यटकको रूपमा भित्रिएर अपराध


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

आइभोरीकोष्टका नागरिक वात्तर अलाक्ग्नी (टोगा) ले नेपाल बसाईको एकवर्षमा काभ्रेकी कुसुम कायस्थसँग बिहे गरे । फुटबल खेलाडीको रूपमा प्रवेश पाएका अलाक्ग्नीको जोडी ‘अनलाईन चिठ्ठा’ ठगीमा पक्राउ परे ।

२०७२ सालको महाविनाशकारी भूकम्प पीडित बालबालिकाको संरक्षण गर्ने उद्देश्य अनुरुप एक गैरसरकारी संस्थाको आग्रहमा नेपाल आएका फ्रान्सेली नागरिक ७९ वर्षीय गर्गेस आईगोर सिमानेस्कीलाई बाल यौनदुराचारको अभियोगमा ठमेलबाट पक्राउ गरियो ।

त्यस्तै, ठमेल ज्याठामा होटल व्यवसाय सञ्चालन गर्ने योजना अनुरूप तीन वर्षअघि नेपाल छिरेका वाङ झु नाम गरेका चिनियाँ नागरिक पनि अबैध डलर ४० लाख बोकेर हङकङ जाँदै गरेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । अध्यागमन विभागका अनुसार, यो आर्थिक वर्षका उल्लेखित अपराध घटनामा संलग्न यी तीनजना विदेशी नागरिक पर्यटकको रूपमा नेपाल भित्रिएका हुन् । उनीहरूले नेपालको बसाइलाई पर्यटकको रूपमा नभई अपराधका लागि प्रयोग गरेको देखिन्छ ।

नेपाल भ्रमणमा आउने विदेशीमध्ये केहीको उद्देश्य ‘गलत’ हुने गरेको पाइएको छ । गत वर्षको वैशाखदेखि हालसम्म विभिन्न अपराधमा संलग्न एकसय विदेशी नागरिकलाई पक्राउ गरी कानुनी कारवाही गरिएको विभागले जनाएको छ । यो खबर आजकोगोरखापत्र दैनिकमा छापिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com