अष्ट्रेलियाको मेलबर्नमा क्याफेले कर्मचारीलाई कम तलब दिएका कारण हुनेभयो यस्तो कारबाही


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

अष्ट्रेलियाको मेलबर्न स्थित एउटा क्याफे कारबाहीमा परेको छ । भित्री मेलबर्नमा रहेको सुपर म्याक्स कफीले कर्मचारीलाई कम तलब दिएका कारण कारबाहीमा पर्ने भएको हो ।

उक्त क्याफेले ३७ हजार ५ सय २० डलर तलब कम दिएको थियो । फेयर वर्कले क्याफेलाई कारबाही स्वरुप उक्त रकम सबै बुझाउन र सार्वजनिक माफी माग्न निर्देशन दिएको छ । क्याफेले सार्वजनिक माफी सहितको विज्ञप्ति क्याफे र सामाजिक संजालमा समेत राख्नुपर्नेछ ।

क्याफेबाट ठगिएका कर्मचारीमा अधिकांश २६ वर्ष उमेर मुनिका र विद्यार्थीहरु रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com