नेपाली टीपीएसवाहकले २०२० मार्च २४ सम्मको म्याद भएको वर्क परमिट कसरी लिने ?


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

नेपाली टीपीएसवाहकको वर्क परमिट जुन २४ पछि ९ महिनाका लागि स्वत लम्बिने भएकाले तपाईले पूरानै वर्कपरमिटबाट पनि काम गर्न सक्नुहुनेछ । कुनै शुल्क तिरेर आवेदन दिनुपर्दैन ।

तर तपाईलाइ सन् २०२० को मार्च २४ सम्मकै म्याद उल्लेख भएको वर्क परमिट बोक्न मन लागेमा तपाईले त्यसका लागि आवेदन दिन सक्नुहुनेछ । त्यसका लागि तपाईले उचित शुल्क तिरेर आई ७६५ फर्म भरेर वर्क परमिटका लागि आवेदन दिन सक्नुहुनेछ ।

यदि तपाईलाई नयाँ मितिसहितको वर्क परमिट अहिले नभएर पछिका लागि आवश्यक परेमा तपाईले पछि कुनै पनि बेला आवेदन दिनसक्नुहुनेछ । अहिलेको वर्क परमिटमा उल्लेखित मितिभन्दा अगाडि वा पछाडि जतिबेला पनि फाइल गर्न सकिने युएससीआईएसले जनाएको छ ।

नेपालको टीपीएस ९ महिनाका लागि स्वत लम्बियो, वर्क परमिट २०२० को मार्च २४ सम्म कायम

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईले आफ्नो टीपीएस आवेदन पेन्डिङ अवस्थामा रहेको वा स्वीकृत भइसकेको कागजातको प्रतिलिपी पनि आवेदनसँगै पठाउनु उपयुक्त हुनेछ । यदि तपाई आवेदन वा बायोमेट्रिक शुल्क तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने शुल्क मिनाहाका लागि छुट्टै आवेदन दिनुपर्छ ।

यदि तपाईको टीपीएस वा वर्क परमिटको आवेदन पेन्डिङ अवस्थामा छ भने तपाईले नयाँ आवेदन दिन जरुरत पर्दैन । स्वीकृत भइसकेपछि तपाईले सन् २०२० को मार्च २४ सम्मको म्याद भएको टीपीएस वा वर्क परमिट प्राप्त गर्नुहुनेछ ।

फेडरल रजिस्टरमा प्रकाशित सुचनाबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com