नेपालको टीपीएस ९ महिनाका लागि स्वत लम्बियो, वर्क परमिट २०२० को मार्च २४ सम्म कायम


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

नेपालको टीपीएस र त्यसबारेका सम्पूर्ण कागजात जुन २४ पछि ९ महिनाका लागि स्वत लम्बिएको युएससीआइएसले जनाएको छ । युएससीआईएसले आज फेडरल रजिस्टरमा सुचना प्रकाशित गर्दै नेपालीको टीपीएस र त्यसबारेका सबै कागजातको अवधि सन् २०२० को मार्च २४ सम्मका लागि स्वत लम्बिएको जनाएको छ ।

वर्क परमिटका लागि आवेदन दिएका तर प्राप्त गरिनसकेका नेपाली टीपीएसवाहकहरुले मार्च २४, २०२० सम्मको म्याद भएको वर्क परमिट नै प्राप्त गर्ने युएससीआईएसले जनाएको छ । युएससीआईएसले टीपीएस वाहक नेपालीको आई ९४ वनि मार्च २४, २०२० सम्मका लागि स्वत थप्ने भएको छ ।

टीपीएस फिर्ता लिएका वा रि रजिस्ट्रेशन नगरेकाहरुको सन्दर्भमा भने उनीहरुको टीपीएस नलम्बिने युएससीआईएसले जनाएको छ । तर बीचमा रि रजिस्ट्रेशन गर्न छुटाएकाहरुले भने बिलम्ब हुनुको कारण खुलाएर रि रजिस्ट्रेशनका लागि आवेदन दिन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल टीपीएसमा रहेका नेपालीहरुले अहिले कुनै पनि शुल्क तिर्नु नपर्ने र कुनै पनि आवेदन दिनु नपर्ने बरु उनीहरुको टीपीएस स्वत लम्बिने भएको छ । युएससीआईएसले भनेको छ – ‘जसले रि रजिस्ट्रेशनको अवधिको बेलामा रि रजिस्ट्रेशन नगरेकाहरुले अहिले पनि फर्म आई ८२१ भरेर आवेदन दिनसक्नेछन् । तर उनीहरुले तोकिएको अवधिमा रि रजिस्ट्रेशन गर्न नसक्नुको उचित कारण खुलाउनुपर्नेछ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com