शीर्ष नेताको निवास पार्टी कार्यलय बन्दै


प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो । निवासमा भीडभाड थियो । प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस लिई दाहाल निवास पुगेका थिए ।

तराई–मधेस फोरम अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ । दाहालले त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्न आवश्यक ठानेनन्, आफ्नै निवासमा आयोजना गरिदिए ।

पार्टीका स्थायी समिति सदस्य लीलामणि पोखरेल, नेताहरू प्रभु र विश्वनाथसहित प्रदेश सचिव सुमनराज प्याकुरेलको उपस्थितिमा दाहाल निवासमा कार्यक्रम भयो । फूलमाला र खादा त्यहाँ उत्तिकै प्रयोगमा आयो । दाहालसँग फोटो खिचाउन चाहनेको तँछाडमछाड देखियो ।

त्यसको दुई दिनअघि मात्र दाहालले नेकपा अध्यक्षको हैसियतमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमण्डको ध्यानाकर्षणपत्र पनि आफ्नै निवासमा बुझेका थिए । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा छ । पेरिसडाँडामा पनि सम्पर्क कार्यालय छ । तर उनी धुम्बाराहीस्थित पार्टी कार्यालयमै नपुगेको दुई महिना भइसक्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दाहालको नेता–कार्यकर्ता भेटघाटदेखि सबै कार्यक्रम निजी निवासमै हुन्छन् । पार्टी कार्यालयमा बनाउनुपर्ने कार्यक्रमसमेत निजी निवासमा गर्ने गरी बनाइँदै छन् । याे समाचार रामकृष्ण अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com