कैलालीको लम्कीचुहा नगरपालिका १ पूर्व लम्कीस्थित सडकमा ट्रकको ठक्कर दिदा एक साईकल यात्रुको मृत्यु भएको छ ।
कपिलवस्तु शिवराज नगरपालिका ३ बस्ने २५ वर्षीय सुनिल भण्डारीले चलाएको ना.७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका १ बस्ने साइकलयात्री १९ वर्षीया सुनिता रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनी अखिल क्रान्तिकारीकी विद्यार्थी नेता हुन् । दुर्घटनाको विषयलाई लिएर मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरोध गरेकोले प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा भीडले ढुंगा प्रहार गर्दा नेपाल प्रहरीतर्फ ७ र सशस्त्र प्रहरी बलतर्फ ५ जना गरी १२ जना प्रहरी कर्मचारी र एक जना स्थानीयबासी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।