बालुवाटारको जग्गा परिवारको मात्र बाँकी


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेस संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४ रोपनी १० आनामा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा दर्ता छ ।

अख्तियारको प्रारम्भिक छानबिनका क्रममा त्यो जग्गा सुवर्णशमशेरका हकदार रुक्मशमशेर, सुनीति राणा र शैलजा राणाका नाममा दर्ता रहेको पाइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँ र घनश्याम खड्काले लेखेका छन् ।

जग्गा २०२१ सालमा सरकारले प्रतिरोपनी ५ हजार रुपैयाँका दरले मुआब्जा दिई कानुनबमोजिम अधिग्रहण गरको २८४ रोपनी १४ आना ३ दाम क्षेत्रफलभित्रै पर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com