अष्ट्रेलियाको लागि उडेको विमानभित्र २ महिनाको बच्चाको निधन


प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार

अष्ट्रेलियाको लागि उडेको विमानभित्र दुई महिनाको बच्चाको निधन भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरबाट अष्ट्रेलियाको पर्थको लागि उडेको एयर एसियाको विमानमा बच्चाको निधन भएको हो ।

विमान पर्थमा अवतरण हुनासाथ डाक्टर र प्रहरीको टोली विमानमा गएको थियो । तर एयरलाइन्सका प्रवक्ताका अनुसार, बच्चाको मृत्युको कारण पत्ता लाग्न सकेको छैन । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै बच्चा तथा उसको परिवारको परिचय तथा अन्य जानकारीलाई गोप्य राखिएको छ ।

विमान पर्थबाट क्वालाम्पुर फर्किनुपर्ने थियो, तर उक्त घटनाले गर्दा विमान पर्थमै रह्यो भने एयरलाइन्सले यात्रुहरुसंग माफी मागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com