पोखरामा महिला पर्यटक नाङ्गैै हिडेपछि


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

पोखरा महानगरपालिका ६ लेकसाइडको खहरेमा पर्यटक महिला नाङ्गैै हिडेकी छन् ।

सोमबार दिऊसो ४ बजे तिर एक महिला पर्यटक टाउकोमा टोपी बाहेक बस्त्र नै नलाइ हिडे पछि सबै जना अचम्म परेका छन् ।

स्थानीय पर्यटकलाई नाङ्गैै हिडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटन प्रहरीले ति महिला पर्यटकलाई पक्राउ गरेको छ ।

ति महिला पर्यटकलाई अहिले कपडा लगाइ दिएर राखेको प्रहरीले जानकरी दिएको छ । कुन देशकी हुन, नाम के हो, किन नाग्गै हिडिन् भन्नेबारेमा केही पनि नबोलेको प्रहरीको भनाई छ ।

उनी योगा सेन्टरमा बस्दै आएको र कपाल पनि खौरीएको प्रहरीको भनाई छ । आज पृथ्वि दिवस भएका कारण ति महिलाले त्यसो गरेको हुने सक्ने कतिपयको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com