सगरमाथाको उचाइ फेरि नाप्न खोज्दै भारत


प्रकाशित मिति : माघ १२, २०७३ बुधबार

सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ पुनः मापन गर्ने जनाएको छ। भारतको हैदरावाद शहरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइको विषयमा वैज्ञानिक समुदायको एक पक्ष हुँदै उठाएको आएको शंका निवारण गर्नका लागि उचाइ मापन गर्न खोजिएको जनाएको छ। सर्भे अफ इन्डियाले वैज्ञानिक अनुसन्धानका लागि पुनः मापन गर्न लागेको जनाएको छ।

तर नेपाली पक्षले भने हालसम्म यस विषयमा औपचारिक रुपमा प्रस्ताव आइनसकेको जनाएको छ। ‘मौखिक रुपमा प्रस्ताव आएको हो । त्यस विषयमा औपचारिक रुपमा कुनै प्रस्ताव आएको छैन,’ नापी विभागका महानिर्देशक कृष्णराज बिसीले भने, ‘प्रस्ताव कस्तो आउँछ त्यस विषयमा सरकारले निर्णय गर्ने छ ।’

सर्भे अफ इन्डिया स्थापना भएको २ सय ५० वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन नेपालको सहभागिता छैन। सर्भे अफ इन्डियाको सर्भेयर जनरल स्वर्ण सुब्बा रावले भारततर्फबाट आवश्यक स्वीकृति प्राप्त भएको र यो प्रयास आगामी महिनाबाटै शुरु हुने जनाएको पिटिआइले जनाएको छ ।

‘हामीले विदेश मन्त्रालयले आवश्यक स्वीकृति प्राप्त गरिहेका छौ, नेपालका सर्भेयर जनरल यहाँ(हैदरावाद सम्मेलन)मा आएको भए उहाँसँग कुराकानी हुने थियो । मलाई के लाग्छ भने हामी दुई महिना(आरोहण) टिम बनाउन सक्छौं,’ रावलाई उद्र्धृत गर्दै पिटिआइले लेखेको छ । भारतमा अंग्रेजको उपनिवेश रहैक समयमा सर्भे अफ इन्डियाले विश्वका सर्वोच्च शिखर नेपालका रहेको भन्दै त्यसलाई पि एक्सआइ भनेका  थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर पछि त्यसका नामसर्भे अफ इन्डियाका तत्कालीन सर्भेयर जनरल जर्ज एभरेष्टको नाम राखिएको थियो । त्यसका उचाइ समुद्र सहतबाट ८ हजार ८ सय ४८ मिटर मापन गरिएको थियो । भारत बेलायत स्वतन्त्र भएपछि पनि भारतको बिएस गुलाठीको नेतृत्वमा सन् १९५२ मा नेतृत्वमा मापन गर्दा पनि

ट्राङ्गुलेसन प्रविधिबाट ८ हजार ८ सय ४८ मिटर देखाएको थियो । हालसम्म त्यसलाई नै आधिकारित उचाइ मानिदै आएको छ । तर विभिन्न समयमा भिन्नभिन्न स्थानबाट गरिएको मापनमा भने फरक फरक उचाइ आएका छन् । तर कुनैलाई पनि वैज्ञानिक समुदायले मान्यता दिएको छैन । अमेरिकाको नेशनल जिओग्राफिक्स सर्भेले सगरमाथाका उचाइ ८ हजार ८ सय ५० मिटर भएको जनाएको छ ।

चीनले पनि सन् १९७५ मा गरेको सर्भेमा ८ हजार ८ सय ४८. १३ मिटर भएको जनाएको छ । तर नौ वर्षपछि चीनको सगरमाथाको चट्टान मात्रै र हिउँ सहितका उचाइभन्दै फरक फरक जारी गरेको थियो ।

तर कुनैपनि मान्यता प्राप्त गर्न सकेको छैन । चीनले तिब्बततर्फबाट गरेको मापनमा चट्टानसम्मका भन्दै ८ हजार ८ सय ४४.४३ मिटर राखेको थियो । नेपालले ८ हजार ८ सय ४८ मिटर बाहेकको सबै मापनलाई अस्वीकर गर्दै आएको छ ।

विभिन्न देश, संस्था र व्यक्ति रुपमा सगरमाथाको उचाइ मापन गर्ने काम भएपनि नेपालले आफैले सरकारी निकायबाट हुन सकेको छैन ।

नापी विभागका पूर्व महानिर्देश वुद्धिनारायण श्रेष्ठ नेपाल आफैले सगरमाथाको उचाइ मापन गर्नुपर्ने बताउँछन् ।

‘वैज्ञानिक समुदायलाई मान्य हुने गरी नेपालले आफूले सगरमाथाको उचाइ मापन गरेर हालको उचाइको बारेमा विभिन्न पक्षबाट फरक फरक मापनलाई धेरैका लागि अन्य गरिनुपर्छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘यो नेपालको राष्ट्रिय गौरवको विषय हो । आफैले गर्दा राम्रो हुन्छ ।’

श्रेष्ठले बाह्य क्षेत्रको सहयोग लिने हो भन्ने बहुराष्ट्रिय अन्तर्राष्ट्रिय निकाय लिनुपर्ने र नभए नेपाल, चीन र भारतबीच त्रिदेशीय सहकार्य हुनुपर्ने धारणा राख्छ । ‘तीनै देशको सहकार्यमा उचाइ मापन गरेका विभिन्न क्षेत्रबाट आएको फरक फरक मानपलाई सधैका लागि अन्त्य गनुपर्छ,’ श्रेष्ठले भने।

नापी विभागले सगरमाथाको उचाइ मापन गर्नका लागि सन् २०११ को बजेटमा सरकारसँग एक करोड रुपैया माग गरेको थियो । तर अर्थमन्त्रालयले अनुत्पादक क्षेत्रको खर्चभन्दा काटेको थियो । विभागले जिपिएस बेस स्टेसन निर्माण र दुर्गम क्षेत्रमा जाने प्राविधिक तथा कर्मचारीका भत्ताका लागि सो रकम माग गरेको थियो।

विभिन्न स्थानमा उपकरण राखेर प्राप्त भएको कोरा उचाइ मापनलाई गुरुत्वकार्षणसहितका विभिन्न विषयले उचाइमा पार्ने प्रभावलाई हटाएर वास्तविक तथ्यांक निकाल्ने गरिन्छ । ‘कोरा तथ्यांकलाई कसरी कुन प्रक्रियाबाट प्रशोधन गरियो भन्ने विषयमा वैज्ञानिक समुदायलाई चित्ता बुझ्दो जवाफ दिने गरि मापन गर्नुपर्ने हुन्छ,’ महानिर्देशक बिसीले भने । असीको दशकमा नाम्चेमा बेस स्टेसन राखेर, लुक्ला, अपर राउझे, लोअर राउओमा उपकरण राखेर मापन गरेको थियो। नागरिक दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com