फ्रान्सको राजधानी पेरिसमा अवस्थित ८५० बर्ष पुरानो नोट्रु-डाम कथिड्रलमा भिषण आगलागी (भिडियो)


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

फ्रान्सको राजधानी प्यारिसस्थित मध्ययुगीन नोट्रु-डाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ।

साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन्।

टोलीहरूले सो प्राचीन गिर्जाघरभित्र रहेका कलाकृतिलाई जोगाउने प्रयत्न गरिरहँदा अग्निनियन्त्रकहरू आगो नियन्त्रणमा लिन अझै प्रयासरत छन्।

राष्ट्रपति एमानुएल माक्रोँले आगलागीलाई एउटा “ठूलो विपद्‌”को सङ्ज्ञा दिएका छन्। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन।

अधिकारीहरूले जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन्।
ढुङ्गाहरू चर्किन थालेपछि कथिड्रल भत्किन सक्ने आशङ्कामा त्यसको जीर्णोद्धार थालिएको थियो।

प्यारिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

घटनास्थलमा भावुक देखिएका राष्ट्रपति माक्रोँले कथिड्रलको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा रकम सङ्कलन अभियान थाल्ने प्रतिबद्धता जनाए।

Scene of blaze in Paris

Scene of blaze in Paris

Scene of blaze in Paris

Scene of blaze in Paris

Scene of blaze in Paris

Scene of blaze in Paris

Scene of blaze in Paris

Before and after at Notre-Dame

भिडियो [भिडियो श्रोत: एबिसी न्युजको युटुब च्यानल]

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com