अष्ट्रेलियामा अभिभावक ल्याउन चाहनेको आम्दानी ८३ हजार डलर भन्दा बढी हुनुपर्ने


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

अष्ट्रेलियामा अभिभावक ल्याउन चाहनेको आम्दानी ८३ हजार डलर भन्दा माथी हुनुपर्ने नियम लागु भएको छ । यो मापदण्ड यही अप्रिल महिना देखि लागु हुन लागेको नयाँ अभिभावक भिसाको लागि हो ।

नयाँ अभिभावक भिसामा अष्ट्रेलियामा बस्ने सन्तानले दश वर्षसम्मका लागि आफ्ना अभिभावकलाई अष्ट्रेलियामा राख्न पाउनेछन् । उक्त सबक्लास ८७० भिसामा अभिभावक लगातार पाँच वर्ष अष्ट्रेलियामा आफ्ना सन्तान संगै बस्न पाउनेछन् । पाँच वर्ष पुगेपछि थप पाँच वर्षको लागि फेरी एप्लाई गर्न सकिनेछ ।

अष्ट्रेलियामा बसेका सन्तानले स्पोन्सरको लागि आफ्नो आम्दानी लगायतका विवरण पेश गर्नुपर्नेछ । स्पोन्सरको लागि योग्य ठहरिएर निवेदन स्वीकृत भएपछि मात्र भिसाको लागि एप्लाई गर्न सकिनेछ । स्पोन्सर गर्ने व्यक्तिको लागि आम्दानीको मापदण्ड सार्वजनिक भएको छ । स्पोन्सर गर्ने व्यक्तिको आम्दानी ८३ हजार ४ सय ५५ डलर हुनुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com