ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रिपर जलाइयो


प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

पासाङ ल्हामु सडकअन्तर्गत गंगटे-त्रिशूली खण्डमा पर्ने विदुर नगरपालिका-२ बट्टार र गंगटे बजारको बीचमा शुक्रबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बा ५ ख २८९८ नम्बरको ट्रिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विनपा-२ का २२ वर्षीय दिवाकर खनालको मृत्यु भएको हो । ठक्करबाट २४ वर्षीय मुन्ना गुप्ता घाइते भएका छन् ।

घाइतेको स्थानीय निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालक खनालको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रिपर जलाइदिएका छन् । जलाइदिने उनीहरुको चेतावनीपछि उक्त सडक खण्डमा अन्य ट्रिपरसमेत चलेका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबार पनि माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com