नेपालमा पब्जी खेल बन्द भएपछि खुशीले यसरी नाँचिन आमा ! (भिडियो )


प्रकाशित मिति : चैत्र २८, २०७५ बिहीबार

पब्जी खेल बन्द गर्ने समाचार प्राप्त हुने बितिकै एक माहिला निकै खुसी भएको भिडियो भाइरल भएको छ । सरकारले बिहिबारबाट नै पब्जी खेल बन्द गर्ने घोषना गर्ने वितीकै पब्जी खेलेर हैरान बनेका परिवारमा पक्कै खुसी नै हुन्छ । त्यस्तै भयो एक महिलामा पनी उनी पब्जी बन्द भएको खबरले निकै खुसी भएको भिडियो बाहिरिएको छ ।
सागर तीवारी नामक सामाजिक संजाल फेसबुक पेजबाट सियर भएको उक्त भिडियो सिता तिवारी सामाजिक संजालमासंग जोडिएको छ । उक्त भिडियोकोमाथि मेरो आमा पव्जी बन्द भएपछि रुने की हाँस्ने अवस्थामा भन्दै भिडियो सियर गरेका थिए ।

सिता तिवारी सागर तिवारीकी आमा रहेछिन् । उक्त भिडियो देख्ने बितिकै सागर तिवारीसंग यसबारे फेसबुकबाट कन्ट्याक गरे । सिता तिवारीको स्थाई घर पोखराको बेगनास तालमा रहेको उनको छोरा सागरले बताए ।

सिता तिवारीले उक्त भिडियोमा पब्जी बन्द भयो उठ्यो बस्यो भन्दै पव्जी बन्दा गर्ने सरकारलाई धेरै धरै धन्यबाद दिएकी छन् । उनको यो भिडियो एक घण्टामा एउटा प्रसनल फेसबुकबाट पनि लगभग दुई हजार सियर हुन थालेको छ । यो भिडियोबाट प्रस्ट हुन्छ यसरी धरैको आमाहरु रमाउन थालिसकेका अनुमान लगाउन सकिन्छ । तर यो खेल खेल्नेहरु भने यतिखेर निराश भएको छ ।

बच्चाहरुले पब्जी खेलेको देखेर दिक्क भएकी सतिा तिवारी पब्जी बन्द हुने खबर पाउने वितिकै खुसी भएकी उनको छोरा सागर तिवारीले बताए । मनोचिकित्सकहरूका अनुसार पब्जीले हिंसा निम्त्याउछ , रोगको पैदा गर्छ । यो खेलले समयलाई पनि बर्वाद गर्ने हुँदा भविश्य नै अन्योलमा पार्न पनि पछि पर्दैन । प्रत्यक परिवारमा पब्जीको ठूलो असर परेको यो भिडियोबाट नै प्रस्ट हुन्छ । बाटो, गाडिमा हिड्दा कतिपयले पव्जीले गर्दा परिवारमा झगडा पर्न थालिसकेको सुन्नमा आएको छ ।

पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको हो । बिहीबारदेखिनै प्राधिकरणले पब्जी खेल डाउनलोड र खेल्न नदिन पत्र पठाइएको जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com