ब्रुमरले धुलो बढार्छन्, गाडीले ल्याउँछन्


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ १’ सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् ।

मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको धुलो हेर्दैै निराशा र आक्रोश पोखिरहेकी थिइन् ।

१२ चैतबाट काठमाडौँ महानगरपालिकाले पाँच ब्रुमरमार्फत सडक सफा गरिरहेको छ । केही ठाउँमा धुलो कम पनि भएको छ भने केही ठाउँको अवस्था पहिलेको जस्तै छ ।

विशेषगरी, निर्माण कार्य भइरहेका स्थान आसपासका सडकमा घुलो घटेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com