‘विप्लव’ समुहका केन्द्रीय सदस्य शर्माले दिए संघबाट राजीनामा


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा विरहीले प्रगतिशील लेखक संघबाट राजीनामा दिनु भएको छ ।

प्रलेस सत्ताको दावेदारी गर्ने दलाल पूँजीवाद परस्त संगठनमा परिणत भएको भन्दै नेकपाका नेता शर्माले केन्द्रीय सल्लाहकार समितिबाट राजीनामा दिनु भएको हो ।

गतिशील लेखक संघ सामन्तवाद साम्राज्यवाद विरोधी संगठन भएपनि अहिले सत्तारुढ दल र केही अवसरछोपुवा लेखकहरूको भिडका रूपमा अघि बढाएको शर्माले आरोप समेत लगाउनु भएको छ ।

संघबाट राजीनामा दिँदै उहाँले , ‘सामन्तवाद साम्राज्यवाद बिरोधी संघर्ष नेपालमा जारी छ, तर प्रलेसले त्यो भूमिका निर्वाह गर्न नसकेको बताउनु भएको छ। शर्माको राजीनामाले संघभित्र ठूलो विवाद देखिएको छ । शर्माभन्दा अगाडि संघबाट ३८ जना केन्द्रीय समितिका लेखक तथा कविहरूले बिद्रोह गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शर्मा प्रगतिशील लेखक संघमा सल्लाहकार थिए प्रलेसलाई तत्काल बदल्ने सम्भावना समेत नरहेको भन्दै शर्माले दलाल पूँजीवादको विरुद्ध आन्दोलन उठानको लागि प्रलेस केन्द्रीय सल्लाहकार समितिबाट राजीनामा दिएको बताउनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com