३ सेकेण्ड बाटो छेक्दा फोटोग्राफरको जागिर चट


प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेण्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् ।

किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएँका थिए । यसैका कारण केवल ३ सेकेण्डसम्म बाटो रोकिएको थियो ।

स्थानीय मिडियाका अनुसार फोटोग्राफरको नाम री हो । रीले जुन एंगलबाट फोटो लिइरहेका थिए उनको क्यामेराको फ्ल्यासबाट किमको टाउकोलाई पनि समेटेको थियो । रीमाथि यो फोटोग्राफीका लागि बनाइएको दुई मिटरको प्रतिबन्ध उल्लघंन गरेको अरोप लागेको छ ।

यसका साथसाथै रीमाथि किमको अगाडि आएर फोटो वा भिडियो नलिने नियमको उल्लघंन गरेको आरोप पनि लागेको छ । री गत महिना हनोइमा डोनाल्ड ट्रम्पसँग किमको भेटघाटको तस्बिर खिचेका थिए । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com