जुम्ल्याहा बच्चाका फरक-फरक पिता, डिएनए टेस्ट गर्ने डाक्टर नै चकित


प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो ।

डीएनए परीक्षणपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो । श्रीमानलाई यो विषयको जानकारी हुनेबित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए । सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकी थिइन् । याे तथ्यदेखि डाक्टर पनि अचम्ममा परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com