यी हुन ,लगानी सम्मेलनका वक्ताहरु


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

विदेशी लगाउन भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि सुरू भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा उदघाटन गर्ने कार्यक्रम छ । काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्मेलन उदघाटन गर्न लागेका हुन् । बोर्डको अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले नै उद्घाटन शत्रको सभापतित्व ग्रहण गर्नुहुने छ । ।

सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागी हुने कार्यक्रम रहेको छ । विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता हुँदैछ । सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिँदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ती परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।

सम्मेलनको उद्घाटन शत्रमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. युवराज खतिवडाले मन्तव्य राख्नुहुने छ । बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री खतिवडाका साथै अर्को आकर्षक व्यक्तिको रुपमा उद्घाटन शत्रमा म्यानमारका मन्त्री रहेका छन् । म्यानमारका यूनियन मन्त्री उ ताउन टूनले सम्मेलनको उद्घाटन शत्रमा सम्बोधन गर्नुहुनेछ । विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।
सम्मेलनको उद्घाटन शत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसमेतले बोल्ने कार्यक्रम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com