प्रचण्ड अमेरिकी उच्च अधिकारीवीच वाशिङ्टनमा वार्ता, प्रचण्डको उच्च प्रशंशा
प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

भेटवार्ता अमेरिकी विदेश मन्त्रालयमा ४५ मिनेटभन्दा बढी समय
पत्नी सीता दाहालको उपचारको क्रममा अमेरिकामा रहेका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी प्रमुख तथा उपमन्त्री एलिस जी वेल्सस“ग भेट गरेका छन् ।
प्रचण्डलाई अमेरिकी विदेश मन्त्रालयमा स्वागत गर्दै उपमन्त्री एलीसीले भावी नेपालको प्रधानमन्त्रीभन्दै सौहार्दपूर्ण अभिव्यक्ति दिएकी थिइन ।
प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालीन शान्तिस“गै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए । अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई ऐतिहासिकरुपमा सम्पन्न गरेको र द्वन्दको रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएको बताउ“दै नेपालको विकासमा अमेरिकी सहयोगको सराहाना गरेका थिए ।
भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायी शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमधुर सम्बन्ध विकास गर्न खोजेको बताइन । एलिसस“ग सहायक मन्त्री डेबिट रन्ड र नेपाल डेस्क हेर्ने फ्यालेसी अफहन्ट सहितका अधिकारी रहेका थिए भने पूर्व प्रधानमन्त्री प्रचण्डस“ग अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की रहेका थिए । भेटवार्ता अमेरिकी विदेश मन्त्रालयमा ४५ मिनेटभन्दा बढी समय भएको थियो ।
यस अघि अध्यक्ष प्रचण्डस“ग नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट एच डेलिसीले भेटवार्ता गरेका थिए ।
एलीसीस“गको भेटवार्ताबाट आफू उत्साही भएको प्रचण्डले एबसीलाई प्रतिक्रिया दिएका छन् ।