आरोहीसँगै नेपाली कुकुर पनि चढ्यो ७ हजार मिटर अग्लो हिमाल
प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार

सामान्य मानिसहरूका लागि समेत हिमाल चढ्न निकै गाह्रो मानिन्छ, तर एउटा कुकुरले ७ हजार अग्लो वरुणत्से हिमाल चढेर विश्वभरिका मानिसहरूलाई आश्चर्यचकित पारिदिएको छ ।
वरुणत्से नजिकैबाट आरोहीहरूको पछि लागेको यो कुकुर बिनासुरक्षा सामग्री चुचुरोसम्म पुगेको आरोहीहरूले बताएका छन् । वरूणत्से आरोहण गर्न आएका विदेशी पर्यटकमध्ये डन वार्गोस्गीले उक्त कुकुरबारे ब्लग लेखेपछि यो खबर सार्वजनिक भएको हो ।
अमेरिकाको सियाटलका डनकाअनुसार मेरालाई बाटोमा आवश्यक ठाउँमा जीप लाइन लगाउनु बाहेक अरू कुनै सहयोग गर्नु परेन । बिना सहायता हिमाल चढ्ने मेरा सम्भवत पहिलो कुकुर भएको दाबी गरिएको छ ।
बरुबारे अन्तर्राष्ट्रिय मिडियाले विशेष स्थान दिँदै समाचार बनाएका छन् ।
हेर्नुहोस् बीबीसीको रिपोर्ट –