यात्रुवाहक बसमा ५५ हजार पकेटमारी भाग्दै गर्दा फिल्मी सैलीमा समाए कलंकीचोक ट्राफिकले


प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार

रत्नपार्कबाट थानकोट जादै गरेको यात्रुवाहक बसमा सवार चन्द्रागिरि नगरपालिका वडा नं ११ बस्ने वर्ष ५८ का वद्री श्रेष्ठको गोजिवाट ५५४०० पाकेटमारी कलंकीचोकवाट ओरालो तिर भाग्दै गरेको अवस्थामा सिन्धुपाल्चोक घर वताउने वर्ष १९ को सुमन नेपालीलाई ट्राफिक प्रहरी जवान महेन्द्र शर्माले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा वुझाएको छ ।

रत्नपार्कबाट थानकोट जाँदै गरेको बसमा सवार चन्द्रागिरी नगरपालिका–११ का ५८ वर्षीय बद्री श्रेष्ठको गोजीबाट पाकेटमारी गरी भाग्न खोज्दा नेपालीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार श्रेष्ठको गोजीबाट ५५ हजार चार सय रुपैयाँ पाकेटमारी गरेर कंलकी चोकबाट ओरोलातिर भाग्दै गर्दा ट्राफिक प्रहरी जवान महेन्द्र शर्माले नेपालीलाई पक्राउ गरेका हुन् ।

पक्राउ परेका नेपालीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com