राष्ट्रपति भण्डारी न्युयोर्कमा


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारी न्युयोर्क आउनुभएको छ । सोमबार विहान जोन अफ केनेडी विमानस्थलमा स्वागत गर्न राष्ट्रसंघका लागि नेपाल मिसनका प्रमुख अमृत राई र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायत पुग्नुभएको थियो ।

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्लूको ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी न्युयोर्क आउनुभएको हो । लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको शक्तिमा नारी विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्ने जनाइएको छ । साइडलानमा भण्डारीले संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँग परराष्ट्र सचिव शंकरदास बैरागी र अन्य अधिकारी न्युयोर्क आउनुभएको छ । राष्ट्रपतिको टोली शुक्रबार नेपाल फर्कने कार्यक्रम छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्वीरमा राष्ट्रपति भण्डारीसँगै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, राष्ट्रसंघका लागि न्युयोर्क स्थीत नेपाल मिसनका प्रमुख अमृत राई र अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com