बैतडीको पाटनमा मा एक्कासी के भयो, किन विद्यार्थीहरु द्वारा उग्ररुप आन्दोलन सुरु भयो?


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

हिजो शनिबार बेलुका बैतडीको पाटनमा एेउटा दुर्घटना भयो जस्मा बजार क्षेत्रमा तीव्र गतिमा गुडिरहेको ग्रेडर अनियन्त्रित भई विमानस्थल लाइनमा पैदल हिँडिरहेका एक्जना विद्यार्थी लाई किचन पुगेको थियो जस्का  कारण उक्त युवा विद्यार्थी को मृत्यु भएको थियो। मृत्यु हुने विद्यार्थी को नाम पूर्णानन्द पाण्डेय हो र उन्को उमेर मत्र १९ बर्ष थियो। उनी पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत थिए।

प्रहरी ले दिएको जानकारी अनुशार उक्त घटना पछी पूर्णानन्द पाण्डेय को घटनास्थल मा नै मृत्‍यु भएको थियो र उक्त ग्रेडर का चालक रतन बुढा घटनास्तहल बाट भागेका थिए। अहिले पनी उनी फरार अवस्था मा छन र प्रहरी द्वारा उन्को खिजी भयिरहेको प्रहरी ले जानकारी दिएकोछ।


उक्त घटना पछी बैतडीको पाटन बजार निकै तनाबग्रस्त बनेको छ। विद्यार्थी र आफन्त हरु ले अहिले सम्पुर्ण बजार बन्द गराउन का साथै ठाउ ठाउ मा टाएर बाली उक्त दोषी लाई कार्बाही को माग राख्दै आन्दोलनरत भएका छन।

अहिले पाटन बजार को अवस्था झन् झनि जटिल हुदै गएकोछ। दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तीको माग गरिरहेका विद्यार्थी र मृतकका आफन्तले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेका थिए र उक्त भिड लाई साम्य पार्न प्रहरी ले हवाइ फायर र अश्रग्यास प्रहार गर्नुपरेको जानकारी रहेकोछ। प्रहरी र विद्यार्थी हरुको उक्त झडप लाई लिएर आ-आफ्नो प्रतिक्रिया अाईरहेकोछ। जानकारी का अनुशार विद्यार्थी हरुको ढुंगामुढा प्रहार ले गर्दा चार जना प्रहरी हरु घाईते भएका छन भने प्रहरी को लाठी चार्ज बाट तिन जना विद्यार्थी हरु घाईते भएकाछन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी का अनुशार प्रहरी इलाका कार्याला भित्र उक्त घटना लाई लिएर मिटिङ भयिरहेको बेला एक्कासी विद्यार्थी हरुले ढुङा प्रहार गर्दा प्रहरी ले बाध्य भएर अश्रुग्यास र हवाई फायर गर्नु परेको थियो। सोही प्रकरण मा विद्यार्थी हरु का अनुशार प्रहरी द्वारा  लाठीचार्ज सुरु भएपछी मात्र विद्यार्थी हरु आक्रोशित भयी ढुंगामुढा प्रहार गरेको को कुरा गरेका छन।

हाल उक्त घटना मा घाईते भएका विद्यार्थी हरुको उपचार भयिरहेकोछ भने मृतकको परिवारले शव बुझ्न नमानेका कारण उन्को शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com