अमेरिकी गभर्नरले भने – ‘प्रकृति र मानवियता दुवै हिसाबले नेपाल संसारकै सुन्दर देश’


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

नेब्रास्काका गर्भनर पिट रिकिट्सले नेपाल संसारकै सबैभन्दा सुन्दर देश भएको बताएका छन् । नेब्रास्काको राजधानी लिंकनस्थित गर्भनर कार्यलयमा पत्रकार किरण मरहट्ठासंग कार्यक्रम अमेरिकन भ्वाइसका लागी अन्तर्वार्ता दिदै गर्भनर पिटले भने “प्रकृति र मानवियता दुवै हिसाबले नेपाल संसारकै सुन्दर देश हो ।”

सन् २०१२ मा पहिलो पटक सपरिवार नेपाल भ्रमणमा आएका पिटले नेपालको मनोरम हिमश्रृंखला, कंचन नदिनाला र मन्दिरहरुको शहर काठमाण्डौंबाट अति प्रभावित भएको बताए । २ पटक नेपाल भ्रमण गरेका उनले काठमाण्डौं, पोखरा, चितवन र केहि हिमाली भेगको भ्रमण गरेका थिए ।

“अन्नपुर्ण क्षेत्रमा गरेको हाइकिगं मेरो जिवनकै रमणिय क्षण हो” उनले स्मरण गरे । २ पटक गरि करिब १ महिना नेपालमा बिताएका गर्भनर पिटले नेपालीहरुको इमान्दार र मिलनसार स्वभावले प्रभावित भएको बताउदै आफु बसेको होटल द्धारिकाजको पनि प्रसंशा गरे । के नेपाल भ्रमण बर्ष २०२० मा नेपाल जानु हुन्छ ? भन्ने प्रश्नमा पिटले भने, “नेपाल घुम्ने कुरा मेरो लागी सदैब सुखद अवसर हो ।” नेपालको राजनीतिक घटनाक्रम सकारात्कम दिशातर्फ अघी बढिरहेको बताउदै उनले १६ बर्ष पछि वासिंगटनमा २ देशका परराष्ट्रमन्त्रि बिच भएको बार्ताले सम्बन्ध थप निकट बनाएको टिप्पणी गरे ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

नेब्रास्काको एक प्रख्यात व्यापारिक घरानाका पिट सन् २००६ मा अमेरिकी सिनेटको लागी रिपब्लिकन पार्टिको तर्फबाट उम्मेदवारि दिएर राजनीतिमा प्रवेश गरेका थिए । उनलाइ जिताउन तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुसले पनि ठुलो कसरत गरेका थिए । चुनाव जित्नका लागी ठुलो धनराशी खर्चको भनेर उनले विपक्षि आलोचना समेत खेप्नु प–यो तर उनले त्यो चुनाव हारे ।

त्यस पछि केहि बर्ष पुनः परिवारिक व्यवसायमा व्यस्त रहेका पिटले २०१४ को गर्भनरको चुनाव जितेका थिए भने उनि २०१८ मा दोस्रो कार्यकालका लागी विजयी भए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटस्थ मानिने पिटले मरहट्ठासंगको कुराकानीमा राष्ट्रपतिको आप्रवासन, सुरक्षा र आर्थीक नीतिको खुलेर समर्थन गरे । “सिमानामा पर्खाल लगाउनु सुरक्षाका दृष्टिले जरुरि छ” उनले भने ।

नेपाली समुदायसंग नजिक रहेका पिटको नेब्रास्का नेपाली समाजका संस्थापक तथा व्यवसायी ज्ञानेन्द्र भण्डारीसंग निकटको सम्बन्ध छ । भण्डारीकै आग्रहमा सन् २०१५ को महाभूकम्पमा राहत संकलनको क्रममा उनले ठुलो योगदान दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com