कलंकी महाराजगन्ज चक्रपथ पनि चाँडै ८ लेनको बन्दै


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

चक्रपथअन्तर्गतको कलंकी–महाराजगन्ज खण्ड पनि चाँडै आठ लेनको बन्ने भएको छ । चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणमा कलंकी–महाराजगन्ज खण्डको विस्तृत इन्जिनियरिङ डिजाइनको काम भइरहेको काठमाडौं चक्रपथ आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड यसअघि नै आठ लेनको बनिसकेको छ ।

कुल २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको दोस्रो चरणमा ८ दशमलव २ किलोमिटर सडक विस्तार तथा सुधार गरिनेछ । प्राविधिक तयारीअन्तर्गत डिजाइनको काम चिनियाँ टोलीले तयार गरिरहेको आयोजना प्रमुख रिमालले जानकारी दिए । विस्तारपछि सडक ५० मिटर चौडाइ भएको आठ लेनको हुनेछ । अहिले कलंकी–कोटेश्वरबाहेकका स्थानमा चार लेनको सडक छ ।

चिनियाँ प्राविधिक टोलीले तयार गरेको इन्जिनियरिङ डिजाइन प्रतिवेदन सडक विभागलाई बुझाउनेछ । त्यसपछि नेपाली प्राविधिकले आवश्यक सुधार गरी अन्तिम रूप दिनेछन् ।

अझै चिनियाँ टोलीले प्रतिवेदन बुझाउन बाँकी रहेकाले कहिलेसम्म इन्जिनियरिङ डिजाइनले तयार हुने स्पष्ट नभएको काठमाडौं चक्रपथ आयोजनाका अधिकारीहरूको भनाइ छ । यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। खबर जीवन बस्नेतले लेखेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्माणपूर्वको तयारी सुरु काठमाडौं चक्रपथ आयोजनाले दोस्रो चरणअन्तर्गत विस्तार हुने खण्डमा निर्माणपूर्वको तयारी थालेको छ । यसअन्तर्गत विस्तार हुने क्षेत्रमा रहेका बिजुलीका खम्बा, पानीका पाइप, ढललगायत हटाउने तथा नयाँ स्थानमा व्यस्थापन गर्ने काम थालिएको छ । त्यसका लागि आयोजना कार्यालयले कागजी काम गरिरहेको छ ।

आयोजना प्रमुख रिमालका अनुसार नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् खम्बा हटाउन भनिसकेको छ । विद्युत् खम्बा हटाउन प्राधिकरणलाई सडकले आवश्यक लागत उपलब्ध गराउनुपर्छ । प्राधिकरणका अनुसार विद्युत् खम्बा हटाउन करिब २० करोड रुपैयाँ लाग्नेछ ।

त्यस्तै, सडक विस्तार क्षेत्रमा पर्ने रूख कटान गर्ने प्रक्रिया अघि बढाउन लागिएको छ । ढल, पाइपजस्ता संरचनालाई पनि व्यवस्थित गर्ने तयारी आयोजना कार्यालयले थालेको छ । पहिला नै जग्गा प्राप्ति भइसकेका कारण अहिले आयोजनाले जग्गा प्राप्ति गर्नुपर्ने भने छैन ।

कलंकी–कोटेश्वर सडक चिनियाँ अनुदान र प्राविधिक सहयोगमा विस्तार हुने चक्रपथ आयोजनाअन्तर्गतको पहिलो चरणमा कलंकीदेखि काटेश्वरसम्मको १० दशमलव ३ किलोमटिर सडक विस्तार पूरा भइसकेको छ ।

सो विस्तारित खण्ड चीनले २५ माघ ०७५ मा नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । अब यसको व्यवस्थापन नेपाली पक्षबाट हुनेछ ।

सन् २०१३ देखि सुरु भएकोे कलंकीदेखि कोटेश्वरसम्मको सडकखण्ड सन् २०१६ मा सम्पन्न गर्नुपर्ने थियो । तर, २०१५ मा गएको भूकम्प, निर्माण सामग्रीको अभाव र अन्य कारणले २०१८ मा सम्पन्न भएको हो । भूकम्पपछि १ वर्षसम्म चिनियाँ ठेकेदारले विस्तारको कुनै काम गरेन । पछि सन् २०१८ सम्मको म्याद थपेर आयोजना सम्पन्न गरिएको हो । उक्त खण्डको निर्माण चिनिया कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले रहेको हो ।

अनुमानित लागत ५ अर्ब रुपैयाँ कलंकीदेखि कोटेश्वरसम्मको सडकखण्ड विस्तार तथा सुधारका लागि करिब ५ अर्ब रुपैयाँ खर्च भएको चक्रपथ विस्तार कार्यालयको भनाइ छ । तर, कुन कामका लागि कति खर्च भयो भन्ने जानकारी छैन् ।

चीनले अनुदान सहयोगमा पूरै चक्रपथ निर्माण गरिदिने सहमति भए पनि आयोजना नै आफैँले लिएर अनुदानमा निर्माण गरिएको हो । सोहीकारण पनि खर्चको यथार्थ जानकारी सार्वजनिक नभएको आयोजना प्रमुख रिमालले बताए । पहिलो चरणमा चीनले आफ्नै निर्माण कम्पनीमार्फत कलंकीदेखि कोटेश्वरसम्म निर्माण गरेको थियो । कलंकी–कोटेश्वर सडक विस्तारको डिपिआर सन् २००८ मै तयार भएको थियो । चक्रपथ निर्माणका लागि नेपाल र चीनबीच भने १८ डिसेम्बर २०१२ मा सम्झौता भएको हो ।

महाराजगन्ज–कोटेश्वर कहिले बन्छ ? दुई देशबीच सम्झौता भइसकेका कारण तेस्रो चरणमा महाराजगन्जदेखि कोटेश्वरसम्मको करिब ८ दशमलव ५ किलोमिटर विस्तार कार्य हुनेछ । तर, दोस्रो चरणको काम नै प्रारम्भिक अवस्थामा भएकाले तेस्रो चरणको काम कहिले सुरु हुने अहिले नै जानकारी दिन नसकिने चक्रपथ आयोजना प्रमुख अमृतमणि रिमालले बताए ।

कलंकी–कोटेश्वरमा भएको कमजोरी सच्याउने पहिलो चरणअन्तर्गत कंलकी–कोटेश्वर खण्डको डिजाइनमा अकासेपुल, बटुवा हिँड्ने स्पेस, ट्राफिक लाइट, ट्राफिक आइल्यान्ड, सडकबत्तीलगायतका आधारभूत विषय छुटेको थियो । त्यसो हुँदा सडक सुन्दर बने पनि आमनागरिकका लागि प्रयोग कठिन भइरहेको छ । ‘त्यस्ता विषयलाई अब हुने विस्तार चरणमा ध्यान दिइनेछ,’ आयोजना प्रमुख रिमालले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com