राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त


प्रकाशित मिति : पुस २१, २०७३ बिहीबार

 

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।  भूकम्प प्रभावितलाई समयमै राहत वितरण नगरेको आरोप लागेका पुनर्निणमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवाली बर्खाख्तीमा परेका छन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएको हो ।

ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए । सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले भने ज्ञवालीको स्पष्टिकरण धेरै पानाको लामो भएको कारण अध्ययन भईरहेको बताए । उनले स्पष्टिकरण पढेर चाँडै निर्णय हुने बताए ।

श्रोतका अनुसार सरकारले नयाँ सिईओ नियुक्ति लगायतका विषयमा महान्यायधिवक्तासंग परामर्श गर्दैछ । ‘उहाँलाई हटाउने विषयमा पनि एटर्नी जनरल संग छलफल गर्ने भन्ने भएको छ’ आपूर्ति मन्त्री दिपक बोहोराले भने ‘परामर्शपछि चाँडै निर्णय आउँछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भूकम्पपछीको पुनर्निमाणको कामलाई गति दिन नसकेको भन्दै गत पुस ७ गते बसेको मन्त्रीपरिषदको बैठकले ज्ञवालीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । पुनर्निमार्णको कामलाई अघि बढाउन समन्वय गर्न नसकेको, भूकम्पपीडितको पुर्नवास गराउन असफल भएको, प्रभावितलाई समयमा अनुदान दिन नसकेको, पुनर्निमार्णका लागि कर्मचारीबीच समन्वयन गर्न नसकेको आरोप लगाँउदै सात दिने स्पष्टिकरण सोधेको हाे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com