घुससहित नगरपालिकाका सब इन्जिनियर पक्राउ


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साठी ६० हजार घुससहित सव इन्जिनियरलाई पक्राउ गरेको छ । आईतबार कञ्चनपुरको बेलौरी नगरबाट नगरपालिकाका सवैन्जिनियर ह्दयराज बजगाईलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता राजन नेपालका अनुसार उनलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

नगरपालिकाको वडा नम्बर ४ र ६ जोड्ने कल्भर्ट निर्माणमा घुस मागेका बजगाईलाई कार्यालयबाटै पक्राउ गरिएको उनले बताए ।

बजगाईले निर्माण गर्ने ठेकेदारसँग अन्तिम कामको लागि ६० हजार रुपैयाँ नदिए पास नगरिदिने भनेपछि ठेकेदार अख्तियारको शरणमा पुगेको थियो ।

पक्राउ परेका बजगाईलाई महेन्द्रनगर ल्याएर कारबाहीको प्रक्रिया अघि बढाइेको अख्तियारले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com