नेपालमा दर्ता नगरे वा कार्यालय नखोले सरकारले फेसबुक र ट्वीटर बन्द गर्ने
प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

नेपालमा दर्ता नगरे वा कार्यालय नखोले सरकारले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनी दिएको छ। फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेर यो जानकारी दिएको हो।सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुसार गृहले सामाजिक सञ्जाल फेसवुक र ट्वीटरलाई पत्राचार गरेको हो ।
सामाजिक सञ्जालको अयिनंत्रित प्रयोगले नेपालमा अपराध बढेको र शान्ति सुरक्षामा खलल परेको भन्दै नेपालको कानून अनुसार दर्ता नगरे वा कार्यालय नखोले बन्द गर्ने चेतावनी दिएको हो ।
सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुन सक्ने प्रस्ताव पनि गरिएको छ।सरकारले फेसबुक टुइटरमा रोक लगाए यसको प्रत्यक्ष असर अनलाइन मिडियालाई पर्ने देखिन्छ।