हस्ताक्षर नगरेरै जेल मुक्त भए – प्रधानमन्त्री ओली


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

झण्डै पाँच दशकको राजनीतिक यात्रामा १४ बर्ष कठोर जेल जीवन विताएका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि कागजातमा हस्ताक्षर नगरेरै जेल मुक्त भए
को बताउनुभएको छ ।

जेलमा रहदा राज देखी प्रधानमन्त्री सम्मले निकै दवाव र आवश्वासन दिएपनि छुट्नेवेला जेलमा गएर हस्ताक्षर समेत नगरेको प्रधानमन्त्री ओलीले खुलाशा गर्नुभयो । मैले जेलमा हुदाँ रासनको कागतमा समेत हस्ताक्षर गरिन किन भने त्यहि हस्ताक्षर कतै दुरुपयोग हुन सक्छ भनेर प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उक्तकुरा प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीसंगको विशेष अन्तर्वार्ता आज राती ९ बजे एबीसीमा प्रसारण हुनेछ ।

उहाँले भन्नुभयो जेलमा मेरो १४ वर्ष वितेका थिए । जेलमा रहदा राजा विरेन्द्रले एउटा प्रस्ताव पठाए । मैले भने राजाले एउटा कैदि भेट्दा नराम्रो हुन्छ , म छुटेपछि भेटौला भने खवर ल्याउनेलाई भनेर पठाए । यस्तो वेला म आवेश र तिक्तामा हुन्छु म धेरै वर्ष थुनिएको छु आवेशमा छु महाराजघिराज कैदीलाई भेट राम्रो हुदैन । त्यतिवेलाका अंचलाधिश खडकबहादुर जीसीले भने म केहि कुरा चलाउकी म छुट्ने वर्ष , मैले भने केही गर्न पर्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजमान्नु पर्छ पंचायत मान्नुपर्छ भन्ने दवाव दिएका थिए । त्यतिवेला राधाकृष्ण मैनाली छुटे । उहा गम्भिर मुद्रामा हुनुहुन्थो किन हो थाहा भएन । १८ मंसिर मा राधाकृष मैनालीलाई बाहिर लगिएको दुई घन्टापछि मलाई गेटमा बोलाएको छ भने बाहिर गेटमा राधाकृष्णमैनाली संग भेट भो प्रधानमन्त्री ओलीले भन्नुभयो मलाई छोड्यो तपाइलाईपछि केही दिनमा छोड्छ । मैले भने तपाईलाई किन छोडे तपाईले उनिहरुको सर्त मान्नुभयो ।

उनले भने त्यसो होइन पछि कुरा गरौला भने । मैले सुभकामना दिए । त्यस पछि उहाँ कसरी छुट्नुभयो भन्ने वेहोरा मलाई सुनाए । मैले भने मेरो हातमा त्यो ब्यहोरा नल्याओमा च्याति दिन्छु भने । दुइ चार दिन पछि उहा मलाई भेट्न आउनुभो उहाँले भन्नुभयो नेपालका विपी देखी मनमहोन सम्म सवै यस्तै कागत गर्दै छुटेका हुन ।

उहाँ उठेर जानु भयो म लाई निकै दवाव दिइयो अन्त्यमा संविधान मान्छु भन भने, संविधान मान्नु सवै नागरिकको कर्तव्य हो र हरेका नागरिकले संविधानमान्नु पर्छ मैले भने यस संविधानबाट पंचायत र राजतन्त्र हटाईन्छ भनेर तपाईहरु लिखित गर्नुहोस म त्यो शर्त मान्न तयार छु भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com