कञ्चनपुरबाट ५ किलो ६ सय ग्राम सुन बरामद


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

कञ्चनपुरको दक्षिणी पुनर्वास क्षेत्रस्थित एक स्थानीयको घरभित्र खाल्टोमा लुकाएर राखेको अवस्थामा १८ किलो सुन बरामद भएकाे १५ घण्टा नबित्दै जिल्लाको उत्तरी भेग शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट गएराति प्रहरीले ५ किलो ६ सय ग्राम सुन बरामद गर्न सफल भएको छ ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबि), अपराध महाशाखा र कैलाली–कञ्चनपुर (पुनर्वास) प्रहरीको संयुक्त टोलीले पुनर्वास नगरपालिका–२ दशरत बस्तीका शंकर विक भनिने भरतलाल विकको घरबाट सुन बरामद गरेको १५ घण्टापछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो।

दिउँसो सुनसहित पक्राउ परेका दाजुभाइ मध्ये दाजु लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६०० ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुबेर कडायतले जानकारी दिए । पक्राउ परेका तिरुवा दाजुभाइमाथि सोधपुछ गर्ने क्रममा थप सुन बरामद भएको प्रहरीले जनाएको छ।

शुक्लाफाँटा नगरपालिका ११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो। बरामद गरिएको २३ किलोे ६ ०० ग्राम सुन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुन भारतबाट तस्करी गरी नेपाल भित्र्याइेको प्रहरीको अनुमान छ । पक्राउ परेका दुवै दाजुभाइमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनकारी दिएको छ। राजश्व छली सुन ल्याइेको हुनाले अन्य अनुसन्धानका लागि भने राजश्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ।

निर्मला हत्याकाण्ड छानबिनका लागि महेन्द्रनगरमा रहेको एपी सुदीप गिरी नेतृत्वका सिआइबिको टोली खटएिको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com