मुस्ताङमा बुद्धमूर्तिमा हिउँको खादा


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

मुस्ताङमा निर्माण गरिएको नेपालको सबैभन्दा ठूलो बुद्धमूर्ति अहिले हिउँले घेरिएको छ । बुद्धमूर्तिमा परेको हिउँले गर्दा मूर्तिले सेतो खादा ओढेजस्तो देखिन्छ ।

यो बुद्धमूर्ति अमेरिका निवासी व्यवसायी सोनाम लामाको एकल पहल र झण्डै ४ करोड रुपैयाको लगानीमा स्थापित गरिएको हो ।

३५ फिट अग्लो यो बुद्धमूर्ती सन् २०१३ बाट निर्माण सुरु गरिएको हो । जसको तौल ६० हजार किलो भन्दा धेरै रहेको छ । हिन्दुहरुले मुक्तिनाथलाई मुक्तिक्षेत्रका रुपमा लिइन्छ भने भगवान विष्णुको पावन क्षेत्रका रुपमा पुज्ने गरिन्छ । सतीदेवीको अंग पतन भएको शक्तिपीठका रुपमा समेत दर्शन गरिने मुक्तिनाथ क्षेत्रलाई बौद्धगुरु रिन्पोछे पद्मसम्भव तिब्बततिर यात्रा गर्ने क्रममा ध्यान गरेको पवित्र क्षेत्रका रुपमा लिने गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुक्तिनाथ सोनामा लामाको आफ्नो जन्मस्थान हो । उनी सन् १९६१ म अहिलेको मुक्तिनाथ गाविस १, पुराङमा जन्मिएका थिए । १६ बर्षसम्म गाउँमा बिताएका उनी झण्डै २२ बर्षदेखि अमेरिकामा रहेका छन् । एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक भइसकेका लामा अमेरिकामा एक सफल व्यवसायी हुन् ।

मुक्तिनाथमा स्थापना गरिएको बुद्धको मूर्ति काठमाडौंको पाटनमा निर्माण गरिएको हो । चर्चित नेपाली मूर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाई उत्तम शाक्यको सहडिजाइनमा बुद्धमूर्ति निर्माणका लागि २० जना भन्दा धेरै कालिगढहरु संलग्न रहेका थिए । डिजाइनर शाक्यबन्धु दुबैजना मूर्तिकलामा स्नातकोत्तर हुन् ।

फोटो सोनाम लामाको फेसबुकबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com