यस्तो छ नेपालको टीपीएस अन्त्यहुन नदिन अदालतमा दायर ३७ पृष्ठ लामो मुद्दा (पूर्णपाठ)


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

नेपालको टीपीएस अवधि समाप्त नगर्न माग गर्दै तीनजना नेपालीहरुका तर्फबाट अमेरिकाको अदालतमा सरकारबिरुद्ध ३७ पृष्ठ लामो मुद्दा दायर गरिएको छ । केशव भट्टराई, सुम्निमा थापा र सज्जन भट्टराईका तर्फबाट अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरिएको हो ।

नेपाली र होण्डुरनका तर्फबाट दायर गरिएको संयुक्त मुद्दामा ६ जना बयस्क र २ जना उनीहरुका अमेरिकन नागरिक बच्चाहरु बादी रहेका छन् । मुद्दाका बादीहरुलाई दक्षिणी क्यालिफोर्नियामा रहेको एसीएलयु, एसियन अमेरिकन एड्भान्सिङ जस्टिस एसियन ल ककस, एसियन अमेरिकन एड्भान्सिङ जस्टिस लस एन्जलस, द नेशनल डे लेबोरर अर्गनाइजिङ नेटवर्क, सिड्ले अष्टिन लगायतका संस्थाहरुले प्रतिनिधित्व गरेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

नेपालीका तर्फबाट मुद्दा दायर गराउनमा नेपाली र नेपा ली भाषी आप्रवासीको अधिकारको पक्षमा कृयाशिल संस्था अधिकारले विशेष पहल गरेको थियो ।

फ्लोअप : नेपालको टीपीएस समाप्ती रोक्न सरकारबिरुद्ध मुद्दा, नेपालका तर्फबाट ३ बादी

मुद्दामा नेपालीको प्रतिनिधित्व गर्ने ५६ बर्षका केशव भट्टराई क्यालिफोर्नियाको सन्नीभिलमा बस्दै आएका छन् । उनी नेपालको महाभूकम्पपछि अमेरिकामा आएका थिए । त्यस्तै ६४ बर्षका सज्जन पाण्डे सन् २००६ देखि अमेरिकामा बस्दै आएका छन् । अल्मेडा क्यालिफोर्नियामा बस्दै आएका उनी सन् २०१५ देखि टीपीएसबाट संरक्षित छन् ।

त्यस्तै ३५ बर्षीय सुम्निमा थापा सन् २००२ देखि अमेरिकामा बस्दै आएकी छिन् । मिनेसोटाको एप्पल भ्यालीमा बस्ने उनका ६ बर्ष र १० बर्षका अमेरिकन नागरिक छोराछोरी छन् । सुम्निमा र उनका पति टीपीएस वाहक हुन् ।

अमेरिकन होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्चेन नेल्शनबिरुद्ध दायर गरिएको उक्त मुद्दाको नाम भट्टराईबिरुद्ध नेल्शन रहेको छ । जातिगत आधारमा प्रेरित भएर नेपाल र होण्डुरसको टीपीएस सुविधा हटाइएको र त्यसो गर्दा प्रशासनिक कार्यविधि ऐन उल्लंघन भएको मुद्दामा दावी गरिएको छ ।

निकारागुवा, हैटी, सुडान, एल साल्भाडोरको टीपीएस अन्त्य नगर्न अदालतले आदेश दिएको सन्दर्भमा यी देशका सन्दर्भमा लागु भएको कानुनका आधारमा नेपाल र होण्डुरसको टीपीएस खारेज गर्दा अन्याय हुने दावी गर्दै अदालतमा मुद्दा दायर गरिएको हो ।

मुद्दाको पूर्णपाठ यहाँ पढ्नसक्नुहुनेछ ।

 

एक्सक्लुसिभ : नेपालको टीपीएस लम्बाउन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com