एक्सक्लुसिभ : नेपालको टीपीएस लम्बाउन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

नेपालको टीपीएस लम्बाउनका लागि नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरिएको छ । आगामी जुन २४ मा अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरेको टीपीएस अवधि सकिदैछ । नेपालका साथै अदालतमा होण्डुरसको टीपीएस अवधि लम्बाउनका लागि पनि मुद्दा दायर गरिएको छ ।

अमेरिकन सिभिल लिबर्टी युनियनकातर्फबाट अदालतमा मुद्दा दायर गरिएको हो । नेपाली र नेपालीभाषी आप्रवासीहरुको अधिकारका लागि कृयाशिल संस्था अधिकारको पहलमा नेपालीका तर्फबाट मुद्दा दायर गराउन सम्भव भएको हो । अधिकार नेशनल टीपीएस एलाइन्सको सदस्य हो ।

अमेरिकन सिभिल लिबर्टी युनियनकातर्फबाट कानुन व्यवसायीले विद्यालयमा अध्ययन गरिरहेका टीपीएसवाहकका तर्फबाट गएराती मुद्दा दायर गरिएको जानकारी दिएका छन् । विभिन्न प्रकारका तीनवटा दावीमा आधारित रहेर मुद्दा दायर गरिएको उनले जानकारी दिएका छन् ।

तीनजना नेपाली र तीनजना होण्डरस टीपीएसवाहकका तर्फबाट मुद्दा दायर गरिएको जनाइएको छ । यस अगाडि क्यालिफोर्नियाको डिस्ट्रिक्ट कोर्टमा दायर गरिएको मुद्दामा न्यायाधिसले एक आदेश जारी गर्दै एलसाल्भाडोर, सुडान, हैटी र निकारागुवाको टीपीएस समाप्त नगर्न सरकारलाई आदेश दिएका थिए ।

मुद्दामा बादी रहेका नेपालीले आफू सन् २०१५ मा भूकम्प जाँदा नेपालमा नै रहेको र एकमहिनासम्म भूकम्पका कारण घरबाहिर बस्नु परेको जनाएका छन् । त्यतीबेला नै आफू छोराको ग्रयाजुएसनका क्रममा अमेरिका आएको र टीपीएस प्राप्त गरेको बताएका छन् । उनी क्यालिफोर्नियामा बस्दै आएका छन् ।

अमेरिकामा हाल झण्डै ९ हजार नेपालीहरु टीपीएसको संरक्षणमा रहेका छन् । नेपालको टीपीएस समाप्त भएमा आगामी जुन २४ पछि हजारौं नेपालीहरुले देशनिकालाको सामना गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com